सङ्खुवासभा, १९ असोज । जिल्ला अदालत सङ्खुवासभाले सङ्खुवासभाको मादीमा भएको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई थुनामा राख्न आदेश दिएको छ ।
गएको भदौ २१ गते बिहान मादी १ उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।