काठमाडौं, १९ असोज । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ । मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो ।
१७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो मागसहित गोरेसहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो ।