रोल्पा, १४ असोज । भिरबाट लडेर रोल्पामा यो वर्ष २५ जनाको ज्यान गएको छ । भौगोलिक विकटताका कारण जिल्लामा भिरबाट लडेर ठूलो मानवीय क्षति भएको हो ।
ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर ज्यान जाने गरेको छ।
