Indrenionline.com

उपचार गर्न माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं, १३ असोज। नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । पुन आज बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।

नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।