काठमाडौं, ११ असोज । दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि काठमाण्डौबाट लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाण्डौका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।