काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को असोज १५, १६ र १७ गते काठमाडौंमा हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा तीन वटा प्रतिवेदन प्रस्तुत भएका छन् ।
प्रस्तुत प्रतिवेदनमा छलफल गर्न दश वटा समूह बनाइएको छ । विधान महाधिवेशनका लागि यसअघि राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन सम्बन्धि प्रस्ताव गरी तीन दस्तावेजमाथि एमाले स्थायी कमिटी सदस्यहरुले राखेका सुझावहरु पनि बैठकमा प्रस्तुत गरिएको थियो ।
बैठकमा ६८ पृष्ठको राजनीतिक, ५३ पृष्ठको सांगठनिक र ३६ पृष्ठ लामो विधा संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । यी तीन प्रतिवेदनहरुमाथि छलफल गर्न भौगोलिकरुपमा सात प्रदेशको सात वटा समूहसहित केन्द्रीय कमिटीकोे बैठकले जनसंगठनको पार्टीको इन्चार्जको समूह, विभागीय प्रमुखहरुको समूह र सम्पर्क, उपत्यका कमिटीसहितको विशेष संरचनाहरुको विशेष समूहमा भोलि शनिबार दिउँसो १ बजेसम्म छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
