काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्ने गरी अध्यादेश दिन अस्वीकार गरेको छ ।
सरकारले गएको भदौ २ गते राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न प्रतिनिधि सभा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएपछि संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानुन संशोधन गर्न नमिल्ने दाबीसहित सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भएका थिए । यही अध्यादेशको आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भइसकेका छन् ।