Indrenionline.com

दाङमा पहिलो पटक बृहत् संगीत अवार्ड वितरण गरिने

इन्द्रेणी संवाददाता

दाङ, ७ असोज । दाङमा पहिलो पटक संगित उत्सवको रुपमा बृहत् संगित अवार्ड हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र पहल नेपालको संयुक्त आयोजनामा हुन थालेको ‘उत्सर्ग संगित अवार्ड’ विभिन्न ५२ ओटा विधामा अवार्ड प्रदान गरिने कार्यक्रम निर्देशक केएल पीडितले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक गीत, लोकगीत जनवादी गीत, मातृभाषका गीत, राष्ट्रिय भावधाराका गीत, पपगीत, गजल र एल्वमलाई सर्वोत्कृष्टको अवार्ड प्रदान गरिने छ । ‘नेपाली गीतसंगीतको उन्नयन तथा भ्रष्टाहरुको सम्मानमा सर्मपित’ भन्ने

मूल नाराका साथ आयोजना गर्न थालिएको उत्सर्ग संगित अवार्डमा दाङका अग्रज तथा नयाँ पुस्तका स्रष्टाहरु सहभागि हुने छन् ।

आयोजक संस्थाले आगामी कार्तिक २ गतेसम्म अवार्डका लागि आफ्नो सिर्जना उपलब्ध गराउन आग्रह गरेको छ । भ्रष्टांहरुले सिर्जना पठाउनका लागि उत्सर्ग फिल्मस् नेपालको फेसबुक पेजमा गएर नमूना आवेदन फाराम भर्नुपर्ने छ ।’

‘दाङको संगित इतिहासको उत्खनन्, अग्रज स्रष्टा सम्मान तथा नयाँ पुस्ताका सृष्टाहरुको प्रोत्साहनका लागि हामीले जिल्लामा पहिलो पटक संगित अवार्ड

प्रदान गर्न थालेका हौ,’ निर्देशक पीडितले भन्नुभयो, ‘दाङको संगित क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउनुभएका स्वर्गीय व्यक्तित्वहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने छ ।’

अवार्ड वितरण समारोहमा विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाकिहरु प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले जानकारी दिनुभयो । ‘हामी यस क्षेत्रको कला, संगित तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विगत देखि नै निरन्तर लागिरहेका छौ,’ उहाँले भन्नुभयो, ‘दाङका अग्रज तथा नयाँ पुस्तका स्रष्टाहरुको सम्मान तथा प्रोत्साहन गर्ने हाम्रो उद्देश्य रहेको छ ।’