सुर्खेत, ७ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत कार्यालयमा झन्डै २ हजार क्विन्टल चामल गुणस्तरहीन रहेको भेटिएको छ ।
उजुरीका आधारमा २०७६ मै केन्द्रीय गोदाममा छापा मारेर बेचबिखनमा रोक लगाई नष्ट गर्न सुझाव दिइएको करिब ५८ सय मेट्रिक टन चामल विकट जिल्लाका बासिन्दालाई खुवाउन कर्णाली प्रदेशमा पठाइएको खबर बुधबार सार्वजनिक भएको थियो ।
‘त्यति परिमाणमा चामल आएको छैन, करिब २ हजार क्विन्टल मात्रै आएको हो,’ कम्पनीका लेखा सहायक विनोद पौडेलले भने, ‘हामी पनि यही चामल नियमित खान्छौं ।’ उनका अनुसार कौशल एग्रो राइस मिल, लहानले २०७७ कात्तिक १६ मा उक्त चामल प्याकेजिङ गरेको हो । कान्तिपुरबाट