दाङ, ३ असोज । स्रष्टा सुजता सिंद्वारा लिखित ‘अधुरो सपना’ नामक आत्मकथाको लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनिबार तुलसीपुरमा कृति लोकार्पण गरिएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समालोचक अमर गिरी, वरिस्ठ गजलकार डा घनश्याम न्यौपाने परिश्रमी, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देबकोटा, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, पत्रकार तथा मानव अधिकार कर्मी सुशील बस्नेत लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।
परिषद जिल्ला शाखा दाङका सदस्य बिमला डाँगी ‘विकलता’ को स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।