बर्दिया, २ असोज । बँदेललाई मार्न राखेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बर्दिया प्रहरीका अनुसार गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।