Indrenionline.com

आज विश्वकर्मा पूजा

काठमाडौं, १ असोज । आज आश्विन सङ्क्रान्ति । आज दिनलाई विश्वकर्माको पूजाको रुपमा मनाइन्छ । कालिगडले विश्वकर्मा बाबाको पूजा आराधना गरी विश्वकर्मा पूजा गर्ने गर्दछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
विशेष गरी कलकारखानालाई सजाएर मजदुरलाई समेत सहभागी गराएर मनाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । आजको दिनलाई विश्वकर्मा पूजा एवं वास्तु दिवस पनि भनिन्छ ।