दाङ, २ साउन घोराही ११ शान्तिनगर टोल विकास संस्थाको ७ औं अधिवेशनवाट अध्यक्ष पदमा पोमवहादुर वुढाथोकी निर्वाचित हुनुभएको छ । अधिवेशनवाट उहाँले ५७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरी उहाँका प्रतिद्धन्दी कमला देउजाले ५६ मत प्राप्त गर्नुभएको थियो ।