काठमाडौं, २९ भदौ । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टी रोज्न पाउने भएका छन् । सर्वोच्च अदालतले सांसद पाण्डे र भट्टलाई समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको हो ।
एकीकृत समाजवादी दल दर्ताका लागि भदौ ४ गते निर्वाचन आयोगमा निवेदन दिएकोमा निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको र सनाखतका लागि आयोगले तोकेको मितिअघि नै पाण्डे र भट्टले आफ्नो नाम पनि समावेश गर्नुपर्ने माग गर्दै आयोगमा गएकाले उनीहरूले दल रोज्न पाउनुपर्ने सर्वोच्चले जनाएको छ ।