घोराही, साउन २ । दाङका पुर्व जिविस सभापति तथा राप्रपाका नेता दिनेश बहादुर न्यौपोको आज निधन भएको छ । काठमान्डौको नर्भिक अस्पतालमा उपचारकाक्रममा आज विहान ९ बजे न्यौपानेको निधन भएको परीवारले जनाएको छ । मृगौला, किड्नि सम्बन्धि रोगवाट लामोसमयदेखि पिडित रहनु भएका उहाको ७२ वर्षको उमेरमा निधन भएको हो ।
न्यौपानेको एक छोरा, तिन छोरी रहेका छन् । यसैविच न्यौपानेको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टिका संगठन विभाग सदस्य तथा पुर्व केन्द्रिय सदस्य तिलकराम शर्मा मजगैयाले दुख ब्यक्त गर्नु भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी नेता मजगैयाले न्यौपानेको निधनले पार्टिलाइ ठुलो क्षति पु¥याएको भन्दै दिंवगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परीवारजनप्रति समवेदन प्रकट गर्नु भएको छ । शोकलाई शक्तिमा वदल्न परीवारलाई धैर्य धारण गर्न शक्ति मिलोस भनि कामनासमेत गर्नु भएका नेता मजगैयाले स्वर्गिय न्यौपानेले पार्टिमा पु¥याएका योगदानलाई चिरस्थायि बनाउन पार्टिले पहल गर्ने बताउनु भयो ।
त्यस्तै राप्रपा दाङले पनि न्यौपानेको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धाञ्जलि ब्यक्त गरेको छ । पार्टिका जिल्ला अध्यक्ष टोपबहादुर शाहले प्रेस विज्ञप्ति जारी गरी न्यौपानेको निधनले पार्टिलाई अपुर्णिय क्षति पु¥याएको भन्दै उहाको योगदानको सम्मान गर्न पाार्टिले आफ्नोतर्फवाट भुमिका खेल्ने बताउनु भयो । दिवगत आत्माको चिरशान्तिको कामना गर्दै उहाले शोकसन्तप्त परीवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ। साथै उहाले स्वर्गिय न्यौपानेले पार्टि प्रति पु¥याएको योगदानलाई सबैले आत्मसात गर्नुपर्ने बताउनु भयो ।