दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८० औ श्रृङ्खलामा गजलकार बलबहादुर जि.एम. विवशद्वारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा एवं १५६ औं मोती जयन्तीको अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्यकार छविलाल कोपिलाले प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा गरेका थिए । सो पुस्तकका लेखक गजलकार बलबहादुर जिएम विवशले पुस्तक लेखनका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा।कृष्णराज डिसी, लेखक संघ दाङ का अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा। लोकराज पराजुली, कमलमणि देवकोटा, नगेन्द्र गुरु, साहित्यकारहरू डा हिमलाल पन्थी , प्रदीपराज श्रेष्ठ पृथक, प्रबल बिष्ट, क्षितिज मगर, सरिता देवकोटा, बिमला डागि विकलता, रितु गिरी, भुमि क्षेत्री, बिक्रम वलि, मनोज थापा, श्रवण नेपाली लगायतले रचना वाचन गरेका थिए ।