Indrenionline.com

सरकारले ल्यायो प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट (बजेटको पूर्णपाठसहित)

sf7df8f}F, @^ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf cy{dGqL hgfb{g zdf{ b]zsf] jt{dfg cj:yfsf] ;DaGwdf hfgfsf/L u/fpFb} . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं, २५ भदौ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई विस्तापन गर्दै गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिए।

सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकाबीच पनि सरकारले प्रतिस्थापन बजेट ल्याएको हो ।

बजेटको पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :-

replacement bill statement