Indrenionline.com

एस्ट्राजेनेका खोपका कारण बालबालिकामा साइड इफेक्ट

काठमाडौं, २५ भदौ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले उत्पादन गरेको कोरोनाविरुद्धको खोप एस्ट्राजेनेकाका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ ।

यो खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो ।

यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने कम्पनीले जनाएको छ ।

एस्ट्राजेनेकाको खोप लगाएका दश हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिन सक्ने खबरमा उल्लेख गरिएको छ ।

एजेन्सी