Indrenionline.com

एमसीसी उपाध्यक्ष र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ भदौ । कतार एयरवेजबाट नेपाल आएका अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । उपाध्यक्ष सुमारको नेतृत्वको टोलीले बालकोट पुगेर केपी ओलीसँग भेट गरेको हो ।

यस्तै सुमारसहितको टोलीले भोलि शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने छ । सरकारले एमसीसी संसदबाट पारित गर्न लागेको भन्दै सवत्र विरोध भइरहेको छ । एमसीसी नेपालको सार्वभौमिकताको पक्षमा नरहेको भन्दै यसको विरोध भइरहेको छ ।