काठमाडौं, २२ भदौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना (एमसीसी) विरुद्ध साताव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको बताइएको छ । अहिलेको सरकार संसदबाट एमसीसी पारित गर्न लागिपरेको छ ।