काठमाडौं, २२ भदौ । भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज घर–घरमा कुश भित्र्याएर मनाइँदै छ ।
आजका दिन बुबाको मुख हेर्ने गरिन्छ । बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ । बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन् ।