काठमाडौं, १९ भदौ । सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ ।
नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख छ ।
‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले बताएकी छन्। केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको उनको भनाइ छ ।
