Indrenionline.com

थप १७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, १८ भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रवार १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९ हजार ७७३ जनाको पीसीआर तथा ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ पुगेको छ ।