Indrenionline.com

थप २००४ जनामा कोरोना संक्रमण,१६ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, १७ भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ६५८ पीसीआर परीक्षणमा १ हजार ६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी कुल २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ पुगेको छ । बिहीवार १ हजार ८४६ जना निको भएका छन् ।