दाङ, १५ भदौ । नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरुलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा बाँकेका हरिप्रसाद ज्ञवाली, पाल्पाबाट जगदिश भट्टराई, रुपन्देहीबाट निर्मल अर्याल, कपिलवस्तुबाट जि.पि. पाण्डे, दाङबाट गजेन्द्र बहादुर वली, बर्दियाबाट मेघराज सिग्देल चयन भएका छन् । बाँकी सदस्यहरु समितिको बैठकले मनोनयन गर्ने कोषाध्यक्ष गिरिराज आचार्यले जानकारी दिए ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीले व्यवसाय प्रर्बद्धनका लागि व्यवसायीक एकता नै प्रमुख आधार रहेको हँुदा त्यसमा जोड दिएका थिए । तिवारीले प्रदेश स्तरीय समस्याहरुको पहिचान गरि प्रदेश सरकारसंग पुरा गराउनेतर्फ लाग्न आग्रह गरे । भेलामा बोल्ने वक्ताहरुले हिजोको परम्परागत शैलीमा व्यवसाय सञ्चालन गर्दा त्यसको लगानी र प्रतिफलका बारेमा जानकार हुन नसकेको उल्लेख गर्दै एकअर्कामा सहयोगी भावनाको विकास हुन नसक्दासम्म व्यवसायमा प्रगति हुन नसक्ने उनीहरुको भनाई थियो ।