काठमाडौँ, १२ भदौ । नेपालमा नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारसम्म ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा खोप लगाएका छन् ।
एस्ट्राजेनिका खोप सबैभन्दा बढी बागमती प्रदेशमा पाँच लाख ५७ हजार ९२० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइएको छ । प्रदेश १ मा ३ लाख १४ हजार ११७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । त्यस्तै प्रदेश २ मा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनेमा तीन लाख २२ हजार ९११ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
गण्डकीमा दुई लाख आठ हजार ७७७, लुम्बिनीमा तीन लाख सात हजार ८७४,कर्णाली प्रदेशमा एक लाख १७ हजार २४८ र सुदूरपश्चिम प्रदेशमा दुई लाख २२ हजार २३० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
प्रदेश अनुसार भेरोसेलको दोस्रो मात्रा खोप लगाउनेहरुमा ७५ हजार ११८ जनाले लगाएका छन् । यस्तै प्रदेश २ मा ७८ हजार ४९७,बागमतीमा आठ लाख ५७ हजार २४७, गण्डकीमा एकलाख ८३ हजार २३४ ,लुम्बिनीमा तीन लाख १६ हजार १११ जनाले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन् । यस्तै कर्णालीमा ४४ हजार ८९१, सुदूरपश्चिममा ९० हजार १४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।