इन्द्रेणी संवाददाता
काठमाडौं, ११ भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । वितेको २४ घण्टाको अवधिमा २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।