इन्द्रेणी संवाददाता
काठमाडौं, १० भदौ । जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको हो ।
एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।
‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीत गाएका टुहुरेले एमालेमा मन भाँचिएपछि त्यहीँ ‘दास’ बनेर बाँचेनन् । २०६६ सालमै उनी एमालेबाट चित्त दुखाएर माओवादीमा प्रवेश गरेका थिए ।