Indrenionline.com

प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने कसरत

विराटनगर, १० भदौ । पार्टी विभाजनपछि पहिलो पटक नेकपा (एमाले) प्रदेश १ संसदीय दलले बैठक आज बस्दैछ । आज बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा दिन लागाउने तयारी छ ।

राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको स्रोतले बताएको छ । एमालेसँग बहुमत रहेकोले ठूलो दलको हैसियतमा सरकारमा रहने छ ।