इन्द्रेणी संवाददाता
काठमाडौं, १० भदौ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ ।
दल विभाजनसँगै अब प्रतिनिधिसभामा एमाले ९८ सांसदमा खुम्चिएको छ । सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १५२ सांसद पुगेका छन् । एकीकृत समाजवादीले तत्कालै सरकारमा सहभागी हुने जनाएको छ ।