रोल्पा, ९ भदौ । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् ।
२ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ ।
विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् ।
दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् अभियानमा खबर छ। यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।