Indrenionline.com

करेन्ट लागेर एक जनाको मृत्यु

बर्दिया, ८ भदौ । गेरुवा गाउँपालिका २ पाताभार बस्ने अनिल थारुको छोरा ६ वर्षीय दिपेन थारुको मंलगबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

घरबाट करिब ६ सय मिटर टाढा सडकमा विद्युतको चुडिएको तारमा छुदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।