इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । नेपालमा पछिल्ल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।