Indrenionline.com

भन्सार छलेर हुने आयात नियन्त्रण गर्न उद्योग वाणिज्य संघको माग

दाङ, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा अबैध रुपमा भित्रीने सम्पुर्ण सामाग्री नियन्त्रण गर्न माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र वुझाएको छ ।

संघले भन्सार छलेर ल्याउने सम्पुर्ण सामग्रीहरु नियन्त्रण गर्न माग गदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापनपत्र वुझाएको हो । भन्सार छलेर सामग्री ल्याउदा राज्यलाइ नै घाटा हुने भएकाले यस प्रकारको कार्य रोक्न माग गरिएको संघका अध्यक्ष टकसिंह वुढाथोकीले जानकारी दिए ।

अबैध रुपमा आउने सामग्रीले बैध रुपमा व्यवसाय गर्नेहरुलाइ समस्यामा पार्ने व्यवसायीहरुले बताएका छन् । ज्ञापनपत्र वुझदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अबैध रुपमा आउने सामग्री नियन्त्रण गर्नका लागि आफुले पहल गर्ने बताए । सोही अवसरमा प्रमुख जिल्ला अधिकारीले भन्सार छलेर आउने अवैध सामाग्री नियन्त्रण गर्नका लागि सम्वन्धी निकायलाइ निर्देशन समेत दिएका थिए ।

नेपाल सरकारको नियम विपरीत कुनै पनि सामाग्री आयात गर्ने नपाइने समेत बताए । ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष टंकसिह वुढाथोकीको नेतृत्वमा वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्यहरु माधव खनाल, विकास वलीको सहभागिता रहेको थियो ।