Indrenionline.com

कांग्रेसको सदस्यता विवाद कायमै

काठमाडौँ, ७ भदौ । कांग्रेसभित्र पार्टीका क्रियाशील सदस्यता विवाद कायमै छ । संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरी पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुर्याउन सकेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अन्योल भएको छ ।

साउन ३० को केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समयसीमा कांग्रेसको हकमा यही भदौ १९ बाट सकिँदै छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले समयसीमाभित्रै प्रक्रिया सुरु गराई तीन महिनापछि केन्द्रीय महाधिवेशन धकेलेको थियो ।