Indrenionline.com

अज्ञात रोगबट चार जना राउटेको मृत्यु

सल्यान, ७ भदौ । जंगलली फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मानिसहरुको धमाधम मृत्यु हुन थालेको छ ।

पछिल्लो एक महिनाको अवधिमा चार जना राउटेले ज्यान गएको छ । अज्ञात रोगका कारण यस समुदायका मानिसहरुले लगातार ज्यान गुमाउन थालेपछि शनिबार समुदायमै स्वास्थ्य शिविर संचालन गरियोे । तर मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् ।

सल्यान छोडेको १० वर्षपछि असार ८ गते सल्यान फर्किएका राउटे समुदायमा एक महिनामा चार जनाले ज्यान गुमाएपछि सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं खतिवडासहित स्वास्थ्यकर्मीको टोली उपचारका लागि शनिबार राउटे बस्ती पुगेको थियो नयाँ पत्रिकामा खबर छ।

अज्ञात रोगका कारण राउटे समुदायका मानिसहरुको मृत्यु हुन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मीसहित समुदायमा पुगेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताइन् ।