इन्द्रेणी संवाददाता
काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई साताअघि कोरोना सक्रमित भएपछि थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।
