Indrenionline.com

महन्त ठाकुर नेतृत्वको पार्टीको पनि नाम परिवर्तन

काठमाडौँ, ४ भदौ । जसपाबाट बाहिरिएको महन्थ ठाकुर नेतृत्वको समूहले पनि पार्टीको नाम फेरेको छ । पहिले जसपा नेपाल (लोकतान्त्रिक) प्रस्तावित गरिएकोमा नाम फेरेर ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने भएको हो ।

अर्को दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएपछि नाम बदलिएको हो । नेताहरू सुरेन्द्र झा र केशव झाले शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको नाम बुझाएको हो । नेता केशव झाका अनुसार अब दल दर्ताका लागि आयोगले निर्णय दिएपछि आधिकारिकता पाउने छ ।