Indrenionline.com

माधव नेपालको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी)

इन्द्रेणी संवाददाता
काठमाडौँ, ४ भदौ । एमालेबाट विभाजित भएर केही दिन अघि निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ताको लागि निवेदन दिएको माधवकुमार नेपालको पार्टीको नाम परिवर्तन भएको छ । नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ ।

अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू आज शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेको आयोगमा निवेदन
नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ ।