Indrenionline.com

महन्थ ठाकुरले गठन गरे जसपा (लोकतान्त्रिक) पार्टी

इन्द्रेणी संवाददाता
काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेका छन् ।

ठाकुर पक्षले दल दर्तासम्बन्धी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । नयाँ पार्टीको अध्यक्ष ठाकुर नै रहेका छन् । ठाकुरले पार्टीको चुनाव चिह्न साइकल रोजेका छन् ।