Indrenionline.com

माधव नेपाल नयाँ पार्टी खोल्ने मनस्थितिमा

इन्द्रेणी संवाददाता
काठमाडौँ, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी खोल्ने मनस्थितिमा पुगेका छन् । सरकारले दल विभाजनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेपाल यो मनस्थितिमा पुगेका हुन् ।

आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने बताए । तर एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने बताएका छन् । ‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ, तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ’, उनले भने ।

आज मात्रै मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश तयार गरेर राष्ट्रपति कार्यालय पठाएको छ ।