Indrenionline.com

प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा

काठमाडौं, १ भदौ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारले प्रक्रियाबाटै अध्यादेश सिफारिस गरेकाले राष्ट्रपतिले पनि आवश्यक प्रक्रिया पुर्‍याएर जारी गर्ने तयारी छ ।

सरकारले प्रक्रिया पुर्‍याएर सिफारिस गरेका सिफारिस जारी या प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएकाले यो विषयमा अलमल नहुने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश तयार गरेर राष्ट्रपति कार्यालय पठाएको छ ।