Indrenionline.com

३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं, २९ साउन। नेपालमा पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । वितेको २४ घण्टामा २ हजार ११८ जना निको भएका छन् ।