काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले मोहम्मद अफ्ताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको आरोप आलमा लागेको छ । आलमलाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।