आज तुलसीपुर क्षेत्रका निजी विद्यालयहरु बन्द हुने भएका छन् । जीवनप्रेमी एजुकेयर एकेडेमी तुलसीपुर ९ बेलुवाका सञ्चालक एवं प्रिन्सिपल बिरेन्द्रधर पुन मगरको मृत्युको शोकमा आज तुलसीपुर क्षेत्रमा प्याव्सन तथा एन प्याव्सनमा आवद्ध निजी विद्यालयहरु बन्द हुने भएका हुन । आज प्याव्सन र एन प्याप्सन दाङले छुटाछुटै बिज्ञप्ति जारि गरी आज एक दिनका लागी पुनको मृत्युको शोकमा बिद्यालय बन्द हुने जनाईएको छ ।
उहाको घोराहीमा उपचार पछि थप उपचारका लागि नेपालगंज नर्सिङ् होममा लगिएको अबस्थामा ४५ बर्षको उमेरमा मृत्यु भएको हो । पुनले तुलसीपुर ९ बेलुवामा जीवन प्रेमी एजुकेयर एकाडेमी संचालन गर्दै आउनु भएको छ भने तुलसीपुर नगरपालिकाको ‘ङ’ लाईनमा जीवन प्रमी मेडीकल पनि सञ्चालन गर्दै आउनु भएको थियो । पुनको आज बिहान १० वजे सितलपुर स्थित बबई घाटमा दाहसंस्कार गरिने बताईएको छ ।