Indrenionline.com

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, २९ साउन। ।आज नाग पञ्चमी पर्व । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज पनि परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने मान्यताअनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु उल्लेख छ ।