रोल्पा, २८ साउन। निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती शुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीस्थित सरस्वती आधारभूत विद्यालयले अदुवा र केहि फलफूलका बिरुवा लगाएको छ ।
विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्यालयको आम्दानी बढाउन शुरु गरिएको तरकारी र फलफूल खेतीमा अभिभावकहरुले पनि सहयोग गर्दै आएका छन् ।
सदरमुकाम नजिकै रहेको यो विद्यालयमा हाल ९० जना बालकालिकाहरुले अध्ययन गरिरहेका छन् । विद्यालयले आम्दानीको स्रोतसँगै शैक्षिक गुणस्तरलाई पनि वृद्धि गर्ने योजना बनाएको छ ।