इन्द्रेणी संवाददाता
काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ । आज १ हजार ८८५ जना निको भएका छन् ।