Indrenionline.com

लुम्बिनी प्रदेशको विशेष अधिवेशन शुरु, सत्ता पक्षका सांसद अनुपस्थित

इन्द्रेणी संवाददाता
बुटवल, २७ साउन। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक शुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरे ।

बैठकमा सत्ता पक्षका प्रदेशसभा सदस्यहरुको उपस्थिति भने देखिएको छैन । आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने जनाएका थिए । पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपनि बैठक शुरु हुनुभन्दा अगाडि नै उनले राजीनामा दिइसकेका छन् ।