Indrenionline.com

कुलमान पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

इन्द्रेणी संवाददाता
काठमाडौं, २७ साउन । कुलमान घिसिङ पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको छ । प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो प्राधिकरणमा पुगेर अनौपचारिक रुपमा विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिएका थिए ।

प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्यसँगै विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेपछि कुलमानको लोकप्रियता बढेको थियो ।